ad ad

राजनीति


प्रदेशलाई अस्थिर हुन नदिन मधेश सरकारलाई एमालेको मत : शंकर पोखरेल

प्रदेशलाई अस्थिर हुन नदिन मधेश सरकारलाई एमालेको मत : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १२:३९, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशहरुलाई अस्थिरतातिर जान नदिन मधेश सरकारलाई विश्वासको मत दिएको बताएका छन्।

मधेशका मुख्यमन्त्री सरोज यादवले मंगलबार प्रदेशका सबै सांसदको मत पाएको सन्दर्भमा पोखरेले यसो भनेका हुन्। यसअघि एमालेले वैशाख १० को उपनिर्वाचनपछि मधेश सरकार छाडेको थियो।

तर मंगलबार प्रदेशसभा बैठकमा एमालेले मुख्यमन्त्री यादवको पक्षमा मत हाल्यो ।

‘जसपा नेतृत्वको मधेश प्रदेश सरकारले प्रतिपक्ष दल एमालेको समेत विश्वासको मत प्राप्त गरेको छ। राजनीतिक अस्थिरताविरुद्ध एमालेले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ’, उनले भनेका छन्, ‘यतिबेला मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ।’

कोशी प्रदेशमा यसअघि जसपा र माओवादी केन्द्र एमाले नेतृत्वको सरकारमा थिए। तर अहिले दुवै दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएका छन्। यस्तो अवस्थामा एमालेले मधेशमा विश्वासको मत दिनुलाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .