ad ad

राजनीति


विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २१:१६, काठमाडौँ

जनता समाजवादी पार्टीे (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार ९ गतेका लागि बैठक बोलाइएको हो।

विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको पार्टी प्रचार प्रसार विभागले जनाएको छ। 

बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएको सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने बताइएको छ। 

केन्द्रीय समिति सदस्यहरूलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ।

जसपाले असार १०, ११ र १२ गते  काठमाण्डौमा विधान अधिवेशन गर्दै छ। 

विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरू विधान अधिवेशनमा सहभागी हुँदैछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरू रहेका छन्।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४२३ जना केन्द्रीय सदस्यहरू स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .