ad ad

राजनीति


निर्वाचन कार्यालय गाभ्ने निर्णयबाट सरकार आजै पछि हट्छ : रमेश लेखक

निर्वाचन कार्यालय गाभ्ने निर्णयबाट सरकार आजै पछि हट्छ : रमेश लेखक

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८० मंगलबार १२:३२, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरु अन्य कुनै कार्यालयमा नगाभिने बताएका हु्न्। 

उनले निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको स्पष्ट पारे। लेखकले मंगलबार नै अर्थमन्त्रीले संसदमा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिवद्धता
गर्ने पनि जानकारी दिए। 

यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उनले बताएका छन्। 

‘निर्वाचन आयोगका जिल्ला स्तरीय कार्यालयहरुलाई कुनै अन्य कार्यालयमा गाभिने छैन भनेर आजै सरकारको तर्फबाट अर्थमन्त्रीजीले प्रतिवद्धता गर्नुहुनेछ। यो सरकारको पनि प्रतिवद्धता हो। निर्वाचन आयोगमा पनि निर्णय भइसकेको अवस्था छ’, उनले भने, ‘मेरो आग्रह, सरकारले यो प्रतिवद्धता गर्नै पर्छ। यसको पक्षमा हामी पनि छौँ। त्यसकारण सरकारले गर्छु भनिसकेको छऽ प्रतिवद्धता व्यक्त हुन्छ।’

उले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .