ad ad

राजनीति


एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीमा बसिरहने हैसियत गुमाइसके

एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्रीमा बसिरहने हैसियत गुमाइसके

एमाले संसदीय दलको बैठक। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार २०, २०८० बुधबार १५:९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा बसिरहने हैसियत गुमाएको निष्कर्ष निकालेको छ।

यही सोमबार आफूलाई प्रधानमन्त्री बनाउन एकजना भारतीयमूलका व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली धाएको बताएपछि विवादमा आएका दाहालबारे एमालेको यस्तो निष्कर्ष आएको हो। 

एमालेले यही विषयलाई लिएर बुधबार नयाँबानेश्वरमा संसदीय दलको आकष्मिक बैठक राखेको थियो। उक्त बैठकपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रचण्डले अब प्रधानमन्त्री पदमा बसिरहने नैतिक आधार पनि गुमाइसकेको बताए। 

‘राजनीतिक र नैतिक हिसाबले पनि उहाँ (प्रचण्ड) ले प्रधानमन्त्रीमा बसिरहने हैसियत गुमाइसक्नु भएको छ’, उनले भने, ‘समग्र व्यवहार र अभिव्यक्तिले प्रधानमन्त्रीको पदमा बसिरहन लायक देखिएन।’

उनले जेठ १७ देखि २१ सम्म भएको भारत भ्रमणका क्रममा सीमा समस्यादेखि ईपीजीबारे नबोल्नुको कारण अहिले खुल्दै गएको पनि बताए। 

बर्तौलाले प्रचण्डले आफूलाई भारतले प्रधानमन्त्री बनाइदिएको भनेर नेपाली जनमतबाट बनेको संसद्‍को पनि अपमान गरेको निष्कर्ष बैठकले निकालेको सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .