ad ad

राजनीति


राष्ट्रिय सभामा एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

भारतीय इसारामा बनेको प्रधानमन्त्री स्वीकार्य हुँदैन : दाहाल
राष्ट्रिय सभामा एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८० बुधबार १५:२२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा माग गरे। 

आफूहरुको माग पूरा नभई संसद बैठक चल्न नदिने अडान पनि उनले राखे। 

नेता दाहालले प्रधानमन्त्रीले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले त्यस्तो प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्‍ए। 

‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्मदिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देशव्यापी कौतुहलता जागेको छ।’, उनले भने, ‘हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ। कसेको इसारामा हुन्छ? प्रधानमन्त्रीजीले प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको बताउनु भयो। दिल्लीमा राजनीतिक वातावरण बनाएको बताउनु भएको छ। यहाँ ब्यापार, बिजनेश गर्न बसेको भारतीय नागरिकले यहाँ देशका नेताहरुसँग समन्वय गर्छ।’  

यो कुरा नेपालका लागि शीर निहुर्‍याउने विषय भएको बताए। ‘उहाँ स्वयम्ले यो कुरा अभिव्यक्त गर्दा लज्जित भएका छौं। हामीलाई लज्जाबोध भएको छ। हामी कुन देशका नागरिक हौँ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा यो देशका सार्वभौमसत्ता सम्पन्न संसदले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ?’, उनले भने, ‘यसरी भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई ग्राह्य छैन। त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन। त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ। उहाँले राजीनामा दिनु पर्छ।’ 

अब प्रचण्डले राजीनामा दिनु पर्ने उनले बताए। ‘भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म यो बैठक अवरुद्ध गर्दर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .