ad ad

राजनीति


एमाले संसद अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको छ : लेखनाथ दाहाल

एमाले संसद अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको छ : लेखनाथ दाहाल

नेपालखबर
असार २४, २०८० आइतबार १९:१५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अबरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताएका हुन्। 

उनले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद अवरोध गर्ने पार्टीको रुपमा स्थापित भइसकेको भन्दै स–साना कुरामा पनि संसद अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताए।

‘विधायकी थलोलाई बहसको थलो बनाउनुपर्ने अवरोधको थलो बनाउने संस्कार बसेको छ। मलाई लाग्छ नेकपा (एमाले)ले त नेपालको सन्दर्भमा त सबभन्दा धेरै सदन अवरुद्ध गर्ने पार्टी भनेर स्थापित छँदैछ,’ उनले भने, ‘मलाई लाग्छ विश्व रेकर्ड नै कायम गर्लाजस्तो साना साना विषयमा पनि सदन अवरुद्ध गर्ने जुन संस्कारजस्तो बनेको छ। यसलाई अन्त्य गर्नुपर्छ। यो बहसको थलो हो।’

उनले संसद अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र वहसको थलोको रुपमा स्थापिन गराउनुपर्नेमा जोड दिए। 

‘भ्रष्टाचार विरोधी अभियान निरन्तर जारी छ। भर्खरै पनि पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जि जारी भएको छ। स्वभावैले कमजोरीका प्रकृतिका आधारमा, अपराधको प्रकृतिका आधारमा अपराधिहरुलाई दण्डित गर्ने कुरा, अनुसन्धानको दायरामा ल्याउने कुरामा सरकारले कुनैपनि हालतमा सम्झौता गर्दैन,’ उनले भने, ‘यो सम्झौता गर्ने विषय नै होइन। मुलुक र जनतालाई केन्द्रमा राखेर, सुशासन प्रदान गर्ने, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने मुलभुत सरकारको उद्देश्य छ। सरकारको उद्देश्यसँग त कहीँ सम्झौता गरिँदैन।’

उनले अवरुद्ध संसद खुलाउने नाममा सरकारले भ्रष्टाचारविरोधी अभियान रोक्ने कुराको सम्झौता नगर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .