ad ad

राजनीति


०८४ को निर्वाचनमा राप्रपाले ७० सीट ल्याउँछ : सांसद सिंह

०८४ को निर्वाचनमा राप्रपाले ७० सीट ल्याउँछ : सांसद सिंह

नेपालखबर
साउन १, २०८० सोमबार १७:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपककुमार सिंहले ०८४ को निर्वाचनमा आफ्नो पार्टीले ७० सीट ल्याउने दाबी गरेका छन्। 

काठमाडौंको मैतीदेविदेखि पशुपतिनाथसम्मको पदयात्रामा सहभागी हुँदै उनले सो कुरा बताएका हुन्। 

सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको पनि बताए।

उनले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताए।

उनले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताए।

सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .