नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको संसद् रोकिने बताएका छन्।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र बसेको पार्टीको संसदीय दलको बैठकपछि नेम्वाङले संसद् रोकिने बताएका हुन्।
‘आजको संसद् रोकिन्छ,’ नेम्वाङले नेपालखबरसँग भने।
एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। गृहमन्त्रीको राजीनामा नआएसम्म कुनैपनि हालतमा संसद् चल्न नदिने एमालेको निर्णय छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रधानमन्त्री मातहत रहेको राजस्व अनुसन्धान आयोगको टोलीले सुन बरामद गरेको थियो। तर त्यसमा एमालेले उच्चस्तरीय सेटिङ रहेको भन्दै राजीनामा माग गरेको हो।
‘यो सरकार जे भन्यो त्यही फ्याट्टै गर्न थालेको छ,’ नेम्वाङले भने, ‘न वा हामीले राखेको माग पनि पूरा गरिहाल्छ कि!’
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया