प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले आज पुनः बैठक अवरुद्ध गरेको हो।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले यसअघि पनि पटक पटक संसद् बैठक अवरोध गर्दै आएको थियो।
दुई दिनसम्म तीन चरणमा चलेको तीन दलका शीर्ष नेताहरूको बैठकपछि आज एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको थियो।
सोही अनुसार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले जवाफ पनि दिएका थिए। तर, उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पुनः संसद् बैठक अवरोध गरेको हो।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका छन्।
36
Shares
प्रतिक्रिया