ad ad

राजनीति


कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, अध्यक्षता गर्ने सांसदले पनि मत दिने

कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, अध्यक्षता गर्ने सांसदले पनि मत दिने

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार १४:५१, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन्।

गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका उनले २० दिनपछि विश्वासको मत लिन लागेका हुन्। 

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले थापाले विश्वासको मत सोमबार नै लिने निर्णय भएको बताएका छन्। 

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको उनले बताएका छन्। 

उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै अनुपस्थित भएर काठमाडौं गएपछि प्रदेशसभा बैठक अध्यक्षमण्डलका सदस्य एवम् नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरीले चलाउने भएका छन्। 

उनै मन्सुरीको मतसमेत हिसाब गरेर सत्ता गठबन्धनले बहुमत अर्थात् ४७ जना सांसद पुर्‍याउने नयाँ फर्मुला ल्याएको हो। 

प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुमत पुग्न नदिन उपसभामुख दुनवार र अन्य  ८ जना सांसदलाई अनुपस्थित गराउने निर्णय गरिसकेको छ।

माओवादी केन्द्रका सांसद दुर्गा चापागाईंले प्रदेशसभा बैठकको अध्यक्षता गर्ने कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि भोट दिएपछि बहुमत पुग्ने बताए।

अब असार २१ गते सभामुख बाबुराम गौतमले बहुमत पुर्‍याउन हस्ताक्षर गरेका थिए। अब फेरि गठबन्धनले बैठकको अध्यक्षता गर्नेलाई पनि मत हाल्न लाउने रणनीति बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .