आम निर्वाचन पछि सुस्त रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडाको बुथ समितिसम्म पुग्ने तयारी थालेको छ।
जनकपुरधाममा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पार्टी संगठनको समिक्षा र सुधार आर स्क्वायर अभियान अन्तर्गत वडाको बुथ समितिसम्म पुग्ने अभियान थालेको बताए।
पार्टीका नेताहरू पालिका, त्यसको वडा र वडाको बुथ समितिसम्म भ्रमण गर्ने र जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका स्तरको बैठक बसेर संगठनको समिक्षा तथा सुधारका विषयमा गहन छलफल गर्न लागेको सोनलले बताए।
पत्रकार सम्मेलनमा अध्यक्ष सोनलले पार्टीले गर्न लागेको काम र ध्यानाकर्षण सम्बन्धनमा उनले नागरिकता ऐन लागू भएर जन्मसिद्धका सन्तानले नागरिकता पाउनु खुशीको विषय भएपनि आमाको नाममा नागरिकता पाउन अझै झन्झट र अवरोध रहेको विषयमा छिट्टै सो नियमावली जारी गरि सो समस्या समाधानका लागि पनि सरकारसँग माग गरे।
प्रहरी समायोजन÷समन्वय ऐन प्रमाणीकरण भएपनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर देखिएको र संघियता माथि नै प्रश्न चिन्ह उठेको भन्दै संविधानले सुनिश्चित गरेको सो ऐन कार्यान्वयनका लागि माग गर्ने पनि बताए।
सुख्खा र बाढीबाट पीडित मधेसको समस्या समाधानका लागि स्थायी प्रकृतिको समाधान र चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित र अनियमित बसोवासलाको नियमन गर्नुपर्ने माग छ।
लोसपाले पिउने पानीको सतह दिनानुदिन घट्दै गएर मधेसमा शुद्ध खानेपानीको समस्या विकराल हुँदै गएकाले समस्या समाधान र पानी सहज उपलब्धताका लागि तीन तहको सरकार मिलेर समाधानको काम गर्न आग्रह गरेको छ।
Shares
प्रतिक्रिया