ad ad

राजनीति


एकजना सहसचिव सचिवमा बढुवा, तीन सचिवको सरुवा

एकजना सहसचिव सचिवमा बढुवा, तीन सचिवको सरुवा

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार १६:५५, काठमाडौँ

सरकारले एकजना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फणिन्द्र गौतमलाई न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको हो।

उनलाई बढुवासँगै सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। 

त्यस्तै मन्त्रिपरिषद्को बैठकले तीनजा सचिवको सरुवा पनि गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गरिएको छ।

उता नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौला (निरौला) लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरिएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिव पदमा सरुवा गरिएको छ। 
1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .