ad ad

राजनीति


प्रदेश सांसद तथा जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन

प्रदेश सांसद तथा जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन

नेपालखबर
भदौ २६, २०८० मंगलबार १०:२९, काठमाडौँ

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। 

प्रदेश सांसद सञ्जय कुमार यादवका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो। 

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि उनको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो।

दोस्रो मधेश आन्दोलनपछि नेतृत्वमा आएकी उनी जसपाबाट समानुपातिक सांसद थिइन्। 

उनको स्थायी बसोबास सर्लाहीमा छ। तर, उनी बिगत केही वर्षदेखि जनकपुरमै बस्दै आएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .