ad ad

राजनीति


लोसपाले बनायो अजंगको संगठन : उपाध्यक्ष १५ जना, महासचिव १६ जना, पदाधिकारी ६३ जना

केन्द्रीय समिति नै ३११ जनाको
लोसपाले बनायो अजंगको संगठन : उपाध्यक्ष १५ जना, महासचिव १६ जना, पदाधिकारी ६३ जना

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १७:१९, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ।

२०७९ मंसिरको चुनावमा राष्ट्रिय दलको हैसियत समेत गुमाएको लोसपाको संगठन तीन ठूला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकोभन्दा ठूलो बनेको छ।

तत्कालीन अवस्थमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद भएपछि खोलिएको नयाँ पार्टीले सोमबार गरेको संगठन विस्तारको निर्णयका क्रममा केन्द्रीय पदाधिकारी नै ६३ जनालाई बनाइएको छ।

गत प्रतिनिधिसभाको निर्वाचनमा केबल चार सिट जितेको लोसपाले अजंगको संगठन बनाउने क्रममा केन्द्रीय समितिमै ३११ जनालाई ल्याइउको छ।

लोसपाले अर्को रमाइलो निर्णय त के गरेको छ भने उपाध्यक्षको संख्या नै १५ जना कायम गरिएको छ। उता महासचिवको संख्या १६ छ। लोसपाले वरिष्ठ नेता नै तीनजनालाई बनाएको छ।

लोसपाको अध्यक्षमा महन्थ ठाकुर यथावत छन्।  लोसपाले राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता बनाएको छ। उता सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सह-अध्यक्षको जिम्मेवारी दिइएको छ।

लोसपामा जितेन्द्रप्रसाद सोनार (सोनल), उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीपनारायण यादव वरिष्ठ उपाध्यक्ष भएका छन्। 

लोसपाले वरिष्ठ उपाध्यक्ष ६ जनालई बनाएको छ भने ८ जनालाई सह-महासचिव तोकेको छ। लोसपामा सचिव नै ११ जना बनेका छन्। कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता मात्रै १-१ जना तोकिएको छ। 

पार्टी निर्णयअनुसार महासचिवमा अभिराम शर्मा, केशवकुमार झा, डा सुरेन्द्रकुमार झा, परमेश्वर साह, कवीन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्र कुमार झा, देवेन्द्र यादव, विनोद सिंह, अभय सिंह, जयनुल राइन, अनिल महासेठ उपेन्द्र महतो र अमर यादव बनेका छन्।

लोसपाले कविन्द्रनाथ ठाकुरलाई महासचिव र कोषाध्यक्षको जिम्मेवारी दिएको छ। त्यस्तै निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष बनाइएको छ। लोसपाले डा. आभास लाभलाई प्रवक्ताको भूमिका दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .