ad ad

राजनीति


एमाले बागमती अधिवेशनको बन्दसत्र आज

एमाले बागमती अधिवेशनको बन्दसत्र आज

नेपालखबर
असोज ९, २०८० मंगलबार ८:२, काठमाडौँ

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्दशत्र आज (मंगलबार) बिहानबाट सुरु हुँदैछ।

काठमाडौंको भृकुटीमण्डपमा सोमबार अधिवेशन उद्घाटन गरिएको थियो। 

बन्दसत्र भने प्रज्ञा भवन कमलादीमा गर्ने तयारी छ। बन्द सत्रमा प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशव पाण्डेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।

अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि छनोट भएका छन्। छनोट भएका प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका युवा १० प्रतिशत छन्।

एक लाख नौ हजार २३८ प्रतिनिधिबाट उनीहरु छनोट भएका हुन्। यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित एमालेको २४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत भएपछि नेतृत्व चयन प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिए।

एमालेको बागमती प्रदेश कमिटीको नेतृत्व सर्वसम्मतीबाट चयन हुने सम्भावना देखिएको छैन। 

पहिलो पटक हुन लागेको बागमती प्रदेश अधिवेशनमा नेतृत्वसहितका पदमा दुईभन्दा बढी आकांक्षी भएपछि चुनावबाटै छिनाफानो हुनसक्ने बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले बताए। 

काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ।

तर, वर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डे फेरि दोहोरिने प्रयासमा छन्। 

पोलिटब्युरो सदस्य महेश बस्नेतले केशव पाण्डेलाई र सानु श्रेष्ठले कैलाश ढुङ्गेललाई समर्थन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .