ad ad

राजनीति


एमाले बागमतीको नेतृत्व छान्न बिहीबार चुनाव

एमाले बागमतीको नेतृत्व छान्न बिहीबार चुनाव

नेपालखबर
असोज ९, २०८० मंगलबार २०:१५, काठमाडौँ

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। 

बुधबार बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार अन्तिम नामावली प्रकाशन ९ बजे हुनेछ।

त्यसपछि ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। दिउँसो ४ बजे भने उम्मेदवारको नामावली प्रकाशन गरिने पनि उनले बताए।

मतदान भने बिहीबार बिहान ११ बजे हुने बताइएको छ। 

एमाले बागमतीको अधिवेशन सोमबारबाट सुरु भएको हो। मंगलबार (आज)को कार्यक्रममा ग्रुप विभाजन गरेर छलफल गरिएको थिए।

साथै नेताहरुले प्रतिवेदनमाथि आ–आफ्ना धारणासमेत राखेका छन्। 

आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेल लगायतले प्रतिवेदनमाथि धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .