ad ad

राजनीति


चीन भ्रमण : प्रधानमन्त्री आज कैलाश पर्वत र मानसरोवर जाँदै

चीन भ्रमण : प्रधानमन्त्री आज कैलाश पर्वत र मानसरोवर जाँदै

फाइल तस्बिर


एकराज पाठक/रासस
असोज ११, २०८० बिहिबार ७:१, ल्हासा (चीन)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन्। 

चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड बुधबार तिब्बतको ल्हासा पुगेका थिए। 

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहीबार बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्दैछन्। त्यसपछि उनी तिब्बत एयरलाइन्सबाट मानसरोवर तर्फ प्रस्थान गर्ने कार्यक्रम छ। 

कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि प्रधानमन्त्रीको साथमा भ्रमण दलमा रहेका अन्य सदस्यहरू पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बुधबार ल्हासामा प्रधानमन्त्री प्रचण्डले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .