नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन्।
एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार विराटनगरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
उनले एमालेविरुद्ध अरूले फैलाएको भ्रमको पछि नलाग्न बताउँदै मिसन २०८४ प्रति प्रतिबद्ध भएर अघि बढन् कार्यकर्तालाई निर्देशन पनि दिए।
ओलीले एमालेविरुद्ध सञ्चारमाध्यमहरु पनि योजनावद्ध रुपमा अघि बढेको आरोप लगाए।
‘हामीलाई अहिले कसै गर्दा पनि धर छैन, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचार आउँछन्। चुनाव नभए एमालेमा निरंकुशता लादियो भन्छन्’, उनले भने।
ओलीले नेतृत्वको मूल्याकंन कस्तो छ, त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्ताहरुलाई सुझाएका छन्। समहति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो पनि खुल्ला रहेको उनले बताए।
Shares
प्रतिक्रिया