नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनका क्रममा मतदान जारी छ।
दिउँसो सवा १ बजेदेखि सुरू मतदान साँझ ६ बजेसम्म आइपुग्दा करिब ७ सय मत खसेको छ।
एमाले बागमती इन्चार्ज गुरु बरालका अनुसार प्रदेश अधिवेशनले नेतृत्व चयनका क्रममा १६२ स्थानमा निर्विरोध गर्न सफल भएको छ।
निर्विरोध हुन नसकेका बाँकी स्थानमा विद्युतीय भोटिङ मेशिनबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनामा धमाधम मतदान भइरहेको छ।
यो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल दुईवटा प्यालै बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
264
Shares
प्रतिक्रिया