ad ad

राजनीति


एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बढाए

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बढाए

नेपालखबर
असोज १२, २०८० शुक्रबार २३:१३, हेटौंडा

नेकपा एमाले बागमती प्रदेश कमिटीको शुक्रबार सम्पन्न मतदानको परिणाम आइरहेको छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा भइरहेको मतगणनाअुनसार २० वटा मेशिनको परिणाम आएको छ।

जसअनुसार अहिलेसम्म २० वटा मेशिनको ५२८ मत गन्दा रामेछापका कैलाश ढुंगेलले अग्रता बढाउँदै लगेका छन्। 

उनले ३५६ मत पाउँदा प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले २२६ मत पाएका छन्। 

हालसम्म उक्त परिणामको मतगणना हुँदा रामेछापका कैलाश ढुंगेल अघि लागेका हुन्।

मतगणनाको प्रारम्भिक चरणदेखि नै ढुंगेल अघि लागेका हुन् भने १ सय २६ मतान्तरले मकवानपुरका कृष्ण प्रसाद दाहालले पछ्याइरहेका छन्।

एमाले बागमती अधिवेशन
४० मध्ये २० वटा मेसिन (५८२ मतगणना )

अध्यक्ष :
कैलाश ढुङ्गेल ३५६
कृष्ण दाहाल २२६

सचिव :
नवराज सिलवाल २९८
हस्त पण्डित २८४
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .