प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि अध्यक्ष केपी शर्माओलीसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरू बालुवाटार पुगेका छन्।
छलफलका लागि प्रधानमन्त्रीले बोलाएपछि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
छलफलको विषय भने खुलाइएको छैन।
साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएको भाेलिपल्टै प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरूलाई बालुवाटार बोलाएका हुन्।
यसबीच एमालेकै मागअनुसार सुन प्रकरण अनुसन्धानका लागि उच्च स्तरीय समिति बनाउने सहमति राजनीतिक दलहरूबीच भए पनि निर्धारित मितिमा गठन हुन सकेको छैन।
यस्तै आज प्रतिनिधिसभाको बैठक पनि बस्दै छ।
1.6k
Shares
प्रतिक्रिया