मन्त्रिपरिषद्को बैठक अहिले मध्यान्ह साढे १२ बजे बस्दैछ।
२०७९ फागुनमा भेपमा राखेर भएको सुन तस्करी र साउन ३ गते बरामद करिब ६१ केजी सुन तस्करी प्रकरणबारे उच्चस्तरीय आयोग गठनसम्बन्धी निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
आइतबार बालुवाटारमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको बैठकबाट आइतबार नै आयोग गठन गर्ने निर्णय लिएको थियो।
त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्।
यो बैठकमा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पनि कुरा हुने बताइएको छ। चाडवाडका मुखमा गरिएको मूल्यवृद्धिको जनस्तरबाट चर्को आलोचना भइरहेको छ।
39
Shares
प्रतिक्रिया