ad ad

राजनीति


प्रधानमन्त्रीलाई रविको कटाक्ष : चीनमा मुड फ्रेस गरेर आएपछि महंगीको बोझ थपिदिए

प्रधानमन्त्रीलाई रविको कटाक्ष : चीनमा मुड फ्रेस गरेर आएपछि महंगीको बोझ थपिदिए

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १४:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकका क्रममा उनले सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्रीमाथि व्यंग्य कसेका हुन्। 

‘प्रधानमन्त्री चीनबाट मुड फ्रेस गरेर आएका रहेछन्। आउनेबित्तिकै जनतामाथि महंगी थोपरे’, उनले भने, ‘चाडवाडको मुखमा जनतालाई  मारमा पार्ने गरी निर्णय गरियो।’

उनले आयल निगम व्यापार र आयात पनि आफैं गर्ने बताउँदै घाटामा जाँदा पनि कर्मचारीलाई बोनस पनि बाँड्न भ्याउने गरेकोमा आलोचना गरे।

‘पेट्रोलियमको मूल्य घटेका बेला किन यसले किन तत्काल घटाउँदैन? २/३ दिन किन लगाउँछ?’, उनले भने, ‘प्रधानमन्त्रीले विदेश घुमेर आएपछि जनतालाई महंगीको उपहार दिनु भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .