ad ad

राजनीति


प्रधानमन्त्रीले संसद्‍मा भने : राष्ट्रसंघ र चीनको भ्रमणमा फलदायी र सफल भयो

नेपाल चिनिने र देखिने गरी राष्ट्रसंघमा कुरा राखेको दाबी
प्रधानमन्त्रीले संसद्‍मा भने : राष्ट्रसंघ र चीनको भ्रमणमा फलदायी र सफल भयो

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १४:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी चीन र संयुक्त राष्ट्रसंघको भ्रमण सफल र फलदायी भएको बताएका छन्।

आइतबार बसेको संसद् बैठकलाई सम्बोधनका क्रममा उनले दुवैतर्फको आफ्नो भ्रमण सफल भएको बताएका हुन्।

उनले संयुक्त राष्ट्रसंघको महासभामा आफुले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको बताए।

अल्पविकसित देशहरुको तर्फबाट नेपाल चिनिने र देखिने गरी कुरा राखेको उनले बताए। दाहालले नेपालको शान्ति प्रक्रियामा पनि अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोजेको पनि बताएका छन्। 

त्यस्तै उनले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति प्रतिवद्धता दोहोर्‍याएको बताएका छन्। 

दाहालले चीनसँग कृषि, सडक र बिजुलीसहित कयौँ विकासका काममा मिलेर अघि बढ्न समझदारी भएको पनि बताएका  छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .