ad ad

राजनीति


एमाले कर्णालीको मतगणना अझै सुरु भएन, उम्मेदवारहरू छलफलमा

एमाले कर्णालीको मतगणना अझै सुरु भएन, उम्मेदवारहरू छलफलमा

नेपालखबर
असोज १५, २०८० सोमबार ९:५७, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन। 

सोमबार बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि १० बज्न लाग्दासमेत मतगणना नभएको हो। 

असोज १० देखि जारी एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि आइतबार मतदान भएको थियो। 

मतगणनाका लागि उम्मेदवार तथा नेताहरू छलफलमा रहेका छन्। छलफल सकिए लगत्तै मतगणना सुरु हुने प्रदेश अधिवेशन निर्वाचन कमिटीले जनाएको छ। 

निर्वाचनमा कुल ६१६ मतदाता मध्ये ६०९ मत खसेको थियो। 

कर्णालीमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारी बनेका छन्। जसमा कालीकोटा मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह छन्। 

यस्तै, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाइ, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही छन्। 

उपसचिवमा नौं जना उम्मेदवार छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .