ad ad

राजनीति


प्रधानमन्त्रीका लागि कसैले मुख नमिठ्याए हुन्छ : माधव नेपाल

प्रधानमन्त्रीका लागि कसैले मुख नमिठ्याए हुन्छ : माधव नेपाल

फाइल फोटो


नेपालखबर
असोज १७, २०८० बुधबार १४:५२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन्।

मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बुधवार आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। उनले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताए।

उनले भने, ‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ। हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौँ। कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ, कांग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन। अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ। हाम्रो पार्टीले त झन् छोड्ने कुरै आउँदैन।’

उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गरे। उनले सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको बताए। उनले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताए।

उनले भने, ‘अरु कुनै सरकारको, अरु कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन। अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ। तर त्यो पर्याप्त भएन। त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ। उहाँलाई दबाब पनि दिनुपर्छ। उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ। यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भुमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ। को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन। अहिले भएको सरकारलाई अघि बढाउने हो।’

अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .