ad ad

राजनीति


भारतबाट आएका राष्ट्रिय स्वयंसेवकका सदस्यले मुसलमान विरोधी भावना फैलाए : जनमोर्चा

भारतबाट आएका राष्ट्रिय स्वयंसेवकका सदस्यले मुसलमान विरोधी भावना फैलाए : जनमोर्चा

नेपालखबर
असोज १७, २०८० बुधबार १८:५१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले नेपालगञ्जमा भइरहेको साम्प्रदायिक घटनालाई स्थानीय रुपमा मात्र नलिन सचेत गराएको छ।

नेपालगञ्ज घटना सुनियोजित देशी र विदेशी राजनीतिक षड्यन्त्रको परिणाम हो भन्दै जनमोर्चाले त्यसले देशको राष्ट्रियता, अखण्डता, धर्मनिरपेक्षता तथा शान्ति सुरक्षामा समेत गम्भीर दुष्परिणामहरु हुन सक्ने बताएको छ।

बुधबार विज्ञप्ति प्रकाशित गरी जनमोर्चाले कोशीमा भएको जातीयता र इशाइहरुको गतिविधिलाई राजावादीहरुले देशब्यापी साम्प्रदायिक रुप दिने प्रयास गरेको बताएको छ।
उपाध्यक्ष दुर्गा पौडलद्वारा जारी विज्ञप्तिमा भारतबाट आएका राष्ट्रिय स्वयंसेवकका सदस्यले मुसलमान विरोधी भावना फैलाएको आरोप पनि लगाइएको छ।

यस्तो छ विज्ञप्ति
नेपालगञ्जमा घटिरहेको साम्प्रदायिक दंगाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षित भएको छ। हामीले पहिले कोशी प्रदेशमा जातीय पहिचानको आन्दोलन र इसाईहरुको गतिविधि बढेपछि त्यसले सम्पूर्ण देशमा असर पार्ने सम्भावनाप्रति चिन्ता प्रकट गरेका थियौँ। त्यहाँको तनावपूर्ण स्थितिलाई राजावादीहरुले देशव्यापी रुपमा साम्प्रदायिक रुप दिने प्रयत्न गरे। भारतबाट आएका राष्ट्रिय स्वयंसेवकका कार्यकर्ताहरुले पनि नेपालमा साम्प्रदायिकता बढाउने काम गरे।

भारतबाट आएका राष्ट्रिय स्वयंसेवकका सदस्यहरुले नेपालमा मुसलमान विरोधी भावनाहरु पनि फैलाउने काम गरे। ती सबैको परिणामस्वरुप तराईका धेरै जिल्लाहरुमा साम्प्रदायिक तनाव र दंगाहरु बढ्दै गए। ती सबैको परिणामस्वरुप नै नेपालगञ्जमा पनि अप्रिय स्थिति उत्पन्न भयो।

नेपालगञ्जको साम्प्रदायिक स्थितिलाई स्थानीय घटनाका रुपमा मात्र लिनु सही हुने छैन। त्यो सुनियोजित देशी र विदेशी राजनीतिक षड्यन्त्रको परिणाम हो र देशको राष्ट्रियता, अखण्डता, धर्मनिरपेक्षता तथा शान्ति सुरक्षामा समेत गम्भीर दुष्परिणामहरू हुन सक्दछन्। त्यसैले हामीले त्यसप्रकारका गतिविधिहरुका विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउन हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ।

मितिः २०७० असोज १७ गते ।
दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .