सर्लाही सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज हुने भनिएको सद्भाव र्याली स्थगित भएको छ।
गृहमन्त्रीको कार्यव्यस्थताको कारण आजको लागि पूर्वनिर्धारित सद्भाव र्याली स्थगित गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईन्द्रदेव यादवले जानकारी दिए।
‘सर्वपक्षीय बैठकको निर्णयअनुसार आज हामीले गृहमन्त्रीज्यूको समुपस्थित मलंगवामा बृहत् सद्भाव र्याली निकाल्ने तयारी गरेका थियौँ,’ यादवले भने, ‘तर, उहाँको कार्यव्यस्तता कारण अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सद्भाव र्याली स्थगित गरिएको छ।’
दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो।
उक्त कर्फ्यु आदेश हटाएपछि स्थानीय प्रशासनले सर्वदलिय बैठकको निर्णअनुसार आजको लागि गृहमन्त्रीको समेत उपस्थिति सद्भाव र्यालीको कार्यक्रम निर्धारण गरिएको थियो।
Shares
प्रतिक्रिया