ad ad

राजनीति


‘हिजो स‌ंसदमा अलिकति बोल्द्‌याथेँ, विरोधीको मन भत्भति पोलेछ’

‘हिजो स‌ंसदमा अलिकति बोल्द्‌याथेँ, विरोधीको मन भत्भति पोलेछ’

नेपालखबर
असोज १८, २०८० बिहिबार १८:३९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन्।

बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भति पोलिरहेको बताए। उनले एमालेको विरोध गर्न गिरिबन्धु टि स्टेट भनेपनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौति दिए। उनले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुछिने दाबी गरे।

उनले भने, ‘हाम्रा विरोधीहरु हामीसँग लड्न सकिरहेका छैनन्। हिजो मैले पार्‌ल्यामेन्टमा अलिकति बोलेँ। त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपि नसक्नु भयो। के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो। तर भन्ने के भन्दा गिरबीबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा। खोल न त फाइल, खोल जेल जाउ, मैले भनिरहेको छु त। आफैँ खोल, आफैँ जाउ।’

उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए।

ओलीले भने, ‘हामी सार्वजनिक सम्पती छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ। त्यो बाटो कहिल्यै समाएनौँ। सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन।’

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागिपरे पनि आफैँ परेपछि घटना सेलाएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .