ad ad

राजनीति


सरकार इन्द्रजात्रा मनाएर जयप्रकाश सुतेजस्तो मस्त सुतिरहेको छ : सांसद गिरी

सरकार इन्द्रजात्रा मनाएर जयप्रकाश सुतेजस्तो मस्त सुतिरहेको छ : सांसद गिरी

नेपालखबर
असोज १८, २०८० बिहिबार १८:४३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार संघीय संसद भवनको परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार भर्खर इन्द्रजात्रा मानेर जयप्रकाश सुतेको जसरी सुतेको टिप्पणी गरे।

‘सरकार त भर्खर इन्द्रजात्रा मानेर उही जयप्रकाश सुतेका थिए नि त्यसैगरी सरकार सुतेको छ। सरकार भयो भन्दैमा हामीले सबैकुरा मान्नुपर्ने भन्ने छ। म सांसद हुँ। जनताको प्रतिनिधि हुँ। नेपाल अहिले सेतो कपाल मात्रैको देश भएको छ। भयावह अवस्था छ, नाजुक छ,’ उनले भने।

उनले नेपाल अहिले वृद्धहरुको मात्रै देश भएको बताउँदै उनले सरकारले जनताका कामहरु सशक्त रुपमा अघि बढाउनुपर्ने बताए।

‘सरकार सुतिरहनु भएन, सरकार मन्त्रीहरू सशक्त ढंगले पोलिसी बनाएर अघि बढ्नुपर्छ। हामी आर्थिक रुपमा जर्जर अवस्थामा गइरहेका छौँ। त्यसलाई सुधार्नुपर्छ। सरकार उही विदेश जाने, के जाने? यो गर्नु हुँदैन। संविधानले बनाएको मिश्रित प्रणाली बदल्नुपर्छ।’

उनले संविधानले बनाएको मिश्रित निर्वाचन प्रणाली बदल्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .