प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले महंगीले सीमा नाघिसक्दा पनि सरकार रमिते बनेको बताएका छन्।
महंगीले चरम चुली छोइसक्दा पनि सरकारले उपभोक्ताको पीडा नबुझेको भन्दै चिन्ता जनाएका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्ने क्रममा सांसद पन्तले जनताको ढाड सेकिँदा पनि बजार अनुगमन हुन नसकेको बताए।
दैनिक उपभोग्य वस्तुको मूल्य बढेर किनमेल गर्न नसकिने अवस्था आएको बताउँदै उनले कविता सुनाएर सरकारको व्यंग्य गरे। पन्तले महंगी नियन्त्रणमा गम्भीर हुन सरकारलाई आग्रह गरे।
पन्तको कविता
खल्तीमा तलब हालेर हिँड्यो बजार
रहर दाल किलोको दुई सय पचास
बजारभाउ सुन्दा गुम्छ होस हवास्
तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेंडाले के किन्लास् तैँले भनेर आँखा तर्छ
दसैंको पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो
आउन लागेको दसैं सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दसैं यसपाली कसरी टर्छ?
मेरो प्रश्न-छ जवाफ देऊ सरकार, जनताको दसैं यसपाली कसरी टर्छ?
21
Shares
प्रतिक्रिया