ad ad

राजनीति


देशमा माथि–तल, वर–पर सबैतिर भ्रष्टाचार मात्रै छ : झलनाथ खनाल

देशमा माथि–तल, वर–पर सबैतिर भ्रष्टाचार मात्रै छ : झलनाथ खनाल

नेपालखबर
असोज १९, २०८० शुक्रबार १६:५९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा जताततै भ्रष्टाचार व्याप्त भएको बताएका छन्। 

पार्टीको ‘समाजवादी जागरण अभियान’का क्रममा चितवनको भण्डारामा आयोजित सभालाई सम्बोधन गर्दै माथिदेखि तलसम्म भ्रष्टाचार व्याप्त भएको बताएका हुन्। देशमा दलाल पुँजीपतिहरूले भ्रष्टाचारलाई प्रसय दिएको उनको भनाई थियो। 

‘माथि पनि भ्रष्टाचार छ, तलपनि भ्रष्टाचार छ। वरपनि भ्रष्टाचार छ, परपनि भ्रष्टाचार छ। यो भ्रष्टाचार गर्नेहरू दलाल पुँजीपतिहरू नै हुन्। दलाल पुँजीपतिलाई रक्षा गर्ने राजनीतिक दलहरू छन्,’ नेता खनालले भने।

साथै, उनले मान्छेमाथि मान्छेले नै शोषण गरेको दलाल पुँजीवादका कारण समानता ल्याउन नसक्ने भन्दै समाजवादी अभियानमा जोडिन आग्रह गरे।

‘पुँजीवादले हामीलाई बोल्ने, संगठन गर्ने अधिकार दिन्छ भनेर लडेका हौं। तर पुँजीवादलाई पनि दलाल पुँजीवादले कब्जा गर्यो। त्यसले गर्दा १८ वर्षसम्म सुधार भयो? शोषण अन्त्य भयो त? हिजो सामन्तहरूले शोषण गर्थे अहिले दलाल पुँजीपतिहरूले शोषण गर्छन्। पुँजीपतिहरूले शोषण देशव्यापी बढ्दैछ,’ नेता खनालले भने, ‘मान्छेमाथि मान्छेले शोषण गर्ने जुन प्रणाली छ यो दलाल पुँजीवादी प्रणाली हो। समाजवादी प्रणालीले मात्र समानता ल्याउन सक्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .