ad ad

राजनीति


परराष्ट्रमन्त्री भन्छन् : इजरायल युद्ध लामो समय जाने सम्भावना देखियो

परराष्ट्रमन्त्री भन्छन् : इजरायल युद्ध लामो समय जाने सम्भावना देखियो

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८० आइतबार १३:४३, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले हमासले अहिलेसम्मकै ठूलो आक्रमण गरेपछि इजरायलमा लामो र कठिन युद्धको सम्भावना रहेको बताएका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सम्बोधनका क्रममा उनले इजरायलस्थित नेपालीहरूलाई सहयोग र उद्धारका लागि सरकार कटिबद्ध रहेको पनि बताएका छन्। 

साउदले हमासको हमलपाछि इजरायलको सीमाक्षेत्रस्थित कृषि फार्ममा रहेका १२ जना नेपाली सम्पर्कविहीन रहेको पनि बताएका छन्। 

इजरायल तनावबारे बोल्दै उनले सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिसम्बन्धी अध्ययनका लागि पुगेका विद्यार्थीहरू सम्पर्कविहीन भएको जानकारी दिएका हुन्। 

भिडिओ

उनले बेपत्ता १२ जनामध्ये केही नेपाली हताहत भएको आशंकामा खोजतलास भइरहेको जानकारी दिएका छन्। 

हमास समूहबाट गम्भीर आक्रमण भएको स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको जानकारी उनले दिए। 

बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको मन्त्री साउदले जानकारी दिए। 

साउदले बेलायतका प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बताएअनुसार इजरायल युद्धमा होमिएकाले यो लामो समयसम्म जान सक्ने पनि बताएका छन्। 

युद्धका कारण इजरायलको अवस्था जटिल र संवेदनशील रहेको बताउँदै त्यहाँ रहेका नेपालीको उद्धारका लागि सरकार तयार रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .