राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन। कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका काम चाहीँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु। यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु,’ सांसद वाग्लेले भने, ‘धेरै कुराहरु असारसम्म गर्ने भनिएको थियो। केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो। विभिन्न म्यादहरू कुनै पनि पूरा भएका छैनन्। हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो। तर त्यो स्पिरिट अनुसार काम भएको छैन।’
तर सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरू ल्याएको भन्दै स्वागत गरे। उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बंैकलाई मात्रै जिम्मेवार ठह¥याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए।
‘यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बंैकले भने केही कसिला नीतिहरूलाई खुकुलो गरेको छ। त्यसको म स्वागत गर्न चाहन्छु। अर्थतन्त्रमा यसले केही राहत मिलेको छ। तर आर्थिक दुरावस्थाका लागि खाली केन्द्रिय बैंकलाई मात्रै जिम्मेवार ठह¥याउने परिपाटीबाट हामीले छुटकारा पाउनै पर्छ,’ उनले भने।
सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराएपनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको पनि बताए।
Shares
प्रतिक्रिया