ad ad

राजनीति


जति घोक्रो फुलाए पनि जनताले संघीयता मान्य छैन भनिसके : चित्रबहादुर केसी

जति घोक्रो फुलाए पनि जनताले संघीयता मान्य छैन भनिसके : चित्रबहादुर केसी

नेपालखबर
असोज २१, २०८० आइतबार १६:२, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताए।

उनले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताउँदै जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गरे।

‘म यहाँ सुनिरहन्छु, संघीयता बलियो बनाउनुपर्छ। एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न। कोशी प्रदेशको। ६ वर्षमा संविधानमा लेखिए अनुसार त्यसको न्वारन पनि हुन्छ। न्वारनमा बाहुनहरूले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पात मच्चिन्छ। कतिचोटी त्यहाँ सरकार बने कति भत्किइरहेछन्। यो जात्रा सुन्न र देख्न नेपाली जनताले परेको छ। तैपनि संघीयताको मुरली माननीयजीहरूले बजाइरहनु भएको छ। त्यसकारणले संघीयताले गरेर खाएन अब,’ उनले भने।

उनले मुख्यमन्त्रीहरूलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गरे।

‘मुख्यमन्त्रीहरुलाई भैँसेपाटीमा दरबार बनाउने हो? उहाँहरु प्रदेशबाट आएर यहाँ बास बस्न कठैबरा। यही हो? अब चल्छ संघीयता? धान्न सक्नुहुन्छ तपाईंहरूले? लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ। नगरपालिका र गाउँपालिकालाई अधिकार दिऔँ। 

अध्यक्ष केसीले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक हुन नसक्ने बताए।

‘नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुँदै होइन। नेपाली जनताले महसुस गरिसके। हामीले यहाँ जति घोक्रो फुलाएपनि नेपाली जनतालाई यो मान्य छैन भनेर देखाइसके। कोशीमै देखाइरहेका छौँ। यस्तो देख्दादेख्दै किन हामीले लाज पचाइरहेका छौँ? हामीले किन जबर्जस्ती गरिराखेका छौँ?’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .