ad ad

राजनीति


संसद्‌मा इजरायलमा अलपत्र नेपालीको उद्दारको विषय छलफल चलाउन राप्रपाको माग

संसद्‌मा इजरायलमा अलपत्र नेपालीको उद्दारको विषय छलफल चलाउन राप्रपाको माग

नेपालखबर
असोज २२, २०८० सोमबार १४:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचि हटाएर इजरालयमा अलपत्र नेपालीहृको उद्दारको विषयमा छलफल चलाउन माग गरेको छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ः३० मा बस्नेगरी बोलाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो। 

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूचि परिवर्तन गर्न माग गरेका हुन्। 

इजरालयमा अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उनले बताए। 

इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा उनले जोड दिए।

‘आजको नियमित संसदलाई स्थगन गरेर इजरायलमा अलपत्र परेका मान्छेलाई उद्दार गर्नका लागि सदन चलाऔँ। आजको विषयवस्तु यही विषयवस्तु मात्रै राखौँ। कसरी मान्छेलाई त्यहाँबाट उद्धार गर्ने? आज इजरायलमा मात्र होइन साउदी अरबमा, दुई, कतार, मलेसिया लगायत युरोपियन, दणिक्ष अफ्रिकन देशहरु लगायत धेरै देशहरुमा अहिले नेपालीहरु अलपत्र परेका छन्,’ उनले भने, ‘उनीहरूको उद्धारका लागि एउटा विशेष टिम सरकारले बनाउनुपर्छ। त्यो बनाउनका लागि संसदबाटै आदेश जारी होस्। र आज चलिरहेको संसदलाई नियमित कार्यसूचिलाई पछाडी राखेर आजको सदन विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि आजको सदन चलाऔँ। त्यही विषयमा सरकारलाई आदेश गरौँ।’

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग साझा रुपमा छलफल गरी बैठकको कार्यसूचि तय गर्ने बताएको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .