ad ad

राजनीति


‘१० जनाको शव नेपाल ल्याउन समन्वय सुरु, एक जना अझै सम्पर्कविहीन’

‘१० जनाको शव नेपाल ल्याउन समन्वय सुरु, एक जना अझै सम्पर्कविहीन’

नेपालखबर
असोज २२, २०८० सोमबार १९:२६, काठमाडौँ

इजरायलस्थित नेपाली राजदूतावासले हमास समूहको आक्रमणमा परी मृत्यु भएका दश नेपालीको शव ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय सुरु गरिएको जनाएको छ।

नेपाली दूतावासले सो आक्रमणमा परी १० नेपालीको मृत्यु हुनुका साथै एक जना सम्पर्कविहीन भएको जानकारी दिएको छ।

साथै, ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको र दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको स्पष्ट पारेको छ।

नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीका लागि राजदूतावासबाट विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको स्पष्ट पार्दै दूतावासले आवश्यक समन्वय र सहयोग गर्न पनि आग्रह गरेको छ।

यस्तो छ दूतावासको विज्ञप्ति
१) दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीहरुको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको छ। ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको छ। साथै, सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ।

२) हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य सुरु गरिसकेको छ। हाल केही विद्यार्थीहरुको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका छन्।

३) नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेशन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको अवस्था छ।

४) इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ।

नेपाली राजदूतावास
तेल अबिब
२०८०।६।२२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .