मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्रमा आफ्ना कुरा राख्दा आफूलाई मोसो दलिएको बताएका छन्।
घटनाको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले गणतन्त्रमा बोल्न पाइन्छ भनिए पनि आफ्नो अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाउन खोजिएको गुनासो गरेका हुन्। सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा प्रसाईंलाई केही युवाले मोसो दलेका थिए।
उनले घटनामा एमाले नेता महेश बस्नेतलाई दोष दिन पनि खोजेका छन्।
‘देश सिद्धियो भन्दा मलाई कालोमोसो दलियो, सफल भएछन् रे! शुभकामना’, प्रसाईंले भने, ‘महेश दाइलाई त झन् बढी शुभकामना दिन्छु, मलाई कुनै आपत्तिको कुरा होइन, तर महेश बस्नेतलाई म के भन्छु भने नि– यो तरिकाले तपाईंको राजनीति कहाँ जान्छ? बोल्न नपाइने! गणतन्त्रमा बोल्न पाइन्छ होइन? पाइने होइन बोल्न? चित्त बुझेको थेन भने मसँग आएर फेस गर्नुपर्थ्यो नि!’
उनले थपे, ‘हिजो पार्टी प्रवेश गराइन्जेल, वार्ता मिलाइन्जेल, केपी ओलीलाई दुईतिहाइको सरकारमा पुर्याइन्जेल, प्रचण्डलाई मिलाइन्जेल, दुर्गा प्रसाईं राम्रो, अहिले दुर्गा प्रसाईं खराब!’
Shares
प्रतिक्रिया