मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफूलाई मोसो दलिएको घटनापछि मूलधारका सञ्चारमाध्यमप्रति आक्रोशित भएका छन्।
घटनाको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो आन्दोलनमा सरिक हुन युट्युबरहरूलाई आह्वान गरेका हुन्। यस क्रममा उनले ‘ठूला मिडिया’प्रति आक्रोश पनि पोखे।
‘आजबाट आन्दोलन सुरु भयो, आजदेखि देशभरि युवाहरू निस्किनुहोस्, देशभरि आजदेखि हाम्रो आन्दोलन सुरु हुन्छ, राँके जुलुस, कार्यक्रम गर्नुस्, तपाईंहरू पनि निस्कनुस्, देश जोगाउन’, उनले भने, ‘तपाईंहरूलाई युट्युबे, स्युटुबे भन्छन् नि, तपाईंहरूले देश बचाउनु भो भने बचाउनु भो, यी ठूला मिडियाले बचाउँदैनन्, कुरा बुझ्नुस्। अब तपाईंहरूको टाउकोमा यो दायित्त्व आको छ।’
पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाको वकालत गरिरहेका छन्।
300
Shares
प्रतिक्रिया