ad ad

राजनीति


कोशीका मुख्यमन्त्रीले कात्तिक १ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्रीले कात्तिक १ गते विश्वासको मत लिने

नेपालखबर
असोज २९, २०८० सोमबार १२:४३, काठमाडौँ

कोशी प्रदेशका नवनियुक्त  मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन्।

कात्तिक १ गते बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिइने कोशी प्रदेश सरकारका प्रवक्ता शम्शेर राईले जानकारी दिए।

यहि असोज २० गते स्थगित भएको कोशी प्रदेशसभाको बैठक आगामी बुधबार (१ कात्तिक) का लागि बोलाइएको छ।

बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेछन्। बैठक बस्नुअघि उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफलको तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .