ad ad

राजनीति


एनआरएनए झगडा : बद्री केसीले पनि आरके शर्माविरुद्ध दिए उजुरी

एनआरएनए झगडा : बद्री केसीले पनि आरके शर्माविरुद्ध दिए उजुरी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८० बुधबार ११:२९, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले समानान्तर कमिटीका अध्यक्ष आरके शर्माविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन्। 

गत मंगलबार बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालयमा दुई पक्षबीच भएको  झगडाका विषयमा केसीले पनि शर्माविरुद्ध उजुरी दिएका हुन्। यसअघि शर्मा पक्षले आफूहरूविरुद्ध दुर्व्यवहार र कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिइसकेको छ।  

हालै काठमाडौँमा सम्पन्न संघको ११औँ महाधिवेशनदेखि नै दुई पक्षबीच मनमुटाव भइरहेको छ। निर्वाचनबाट संघको अध्यक्षमा बद्री केसीलाई विजयी घोषणा गरिए पनि अनलाइन मतदानमा धाँधली गरिएको आरोप लगाउँदै आरके शर्माको अध्यक्षतामा संघको समानान्तर कमिटी गठन गरिएको छ। 

गत मंगलबार नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिन पुगेका एमाले नेता महेश बस्नेतको कार्यक्रममा आरके शर्माको समूहले हुलदंगा गरेको आरोप केसी पक्षले लगाएको छ। 

डा. केसीले दरबारमार्ग प्रहरी वृत्तमा दिएको जाहेरीमा निर्वाचित पदाधिकारी र कर्मचारीलाई कार्य सम्पादन गर्न नदिने हेतुले निर्वाचनका उपविजेता पक्षका व्यक्तिले कार्यलयमा प्रवेश गरी जीउ ज्यान र सम्पत्तिमा नोक्सानी पुर्‍याउन खोजिएको आरोप लगाइएको छ।  

केसीले दिएको उजुरीमा ‘निर्वाचित पदाधिकारीहरुलाई पूर्व मन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिई रहेको बेला उपविजेता भएका राजेन्द्र कुमार शर्माको नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना, ओम शर्मा लगायतका व्यक्तिहरू संघमा कुनै जानकारी नदिई गैरकानुनी र अनाधिकृत रूपमा प्रवेश गरी गालीगलौज, अनुमतिबिना फोटो खिच्ने, चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदंगा गर्ने कार्य गरेको’ आरोप लगाइएको छ। 

केसीले उनीहरूविरुद्ध जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न प्रहरीसँग अनुरोध गरेका छन्।

हेर्नुहोस् बद्री केसीले दिएको उजुरी-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .