प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद सञ्जय गौतम मौन बसेका छन्।
सभामुख देवराज घिमिरेले गौतमलाई बोल्न समय दिएपछि आसनबाट उभिएका उनले केही कुरा नबोलि समय गुजारेका छन्।
गौतम आसनबाट उठेर मौन उभिएको देखेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भनेका थिए। सभामुख घिमिरेले त्यति भन्दा पनि उनी बोलेनन्।
सांसद गौतम मौन उभिइरहेपछि केही सांसदले आफू अगाडिको टेबल बजाएर समर्थन जनाएका थिए। सांसद गौतमले किन संसदको शून्य समयमा मौन भएर उभिएको भन्नेबारे केही बताएका छैनन्।
गौतमले नबोली एक मिनेट गुजारेपछि सभामुख घिमिरेले सांसद हर्कमाया विश्वकर्मालाई बोल्न समय दिएका थिए।
27
Shares
प्रतिक्रिया