ad ad

राजनीति


पुराना राजनीतिक दल बेठीक हुन् भन्ने भाष्य तयार गरिएको छ : रमेश लेखक

पुराना राजनीतिक दल बेठीक हुन् भन्ने भाष्य तयार गरिएको छ : रमेश लेखक

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १३:३१, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दल बेठीक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली कांग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दल बेठीक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको उनले बताए।

उनले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे। साथै उनले संविधान सफल बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए।

संविधानलाई सफल बनाउनका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने उनले बताए।

राजनीतिक दल संविधानको सुरक्षा र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको उनको जिकिर छ।

‘यो संविधान असफल गर्ने छुट हामीसँग छैन। यदि यो संविधान असफल भयो भने मुलुक अत्यन्त अनिष्टकारी खतरा, अप्ठ्यारोमा पुग्न सक्छ,’ लेखक भन्छन्, ‘किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्ष, क्रान्ति, बलिदान र ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो।’

यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो नगर्ने उनको तर्क छ।

‘यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो, यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दल बेठीक हुन्, पुराना राजनीतिक दल बेठीक हुन्, यी अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने प्रायोजित ढंगले जुन भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ, यो देशका लागि खतरा छ,’ लेखकको कथन छ।

प्रमुख सचेतक लेखकले प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .