ad ad

राजनीति


प्रदेश खारेजी र राजसंस्था पुनःस्थापना गर्न राप्रपाको माग

प्रदेश खारेजी र राजसंस्था पुनःस्थापना गर्न राप्रपाको माग

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १५:१६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले राजसंस्थासहितको प्रजातन्त्र पुन:स्थापना गर्न माग गरेका छन्। उनले मुलुकमा अराजकता र अस्थिरताले हद नाघिसकेको बताए।

बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुक अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरूको रणमैदान हुने त होइन? भन्ने चिन्ता लागेको बताए।

देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनतामा आघात पुगिरहेको नेता तामाङले बताए।

राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको उल्लेख गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्म सापेक्ष हिन्दू राष्ट्र र एकताको प्रतीकको रूपमा राजसंस्थासहितको प्रजातन्त्रको पुनःस्थापना गर्दा सबैको जित हुने तामाङको राय छ।

उनले प्रदेश खारेजी सबैको सल्लाह र सहमति गर्न समेत आग्रह गरे।

तामाङ भन्छन्, ‘राप्रपाले मुलुकमा सबै अटाउने एजेण्डा बोकेको छ। पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्म सापेक्ष पहिचानसहितको हिन्दू राष्ट्र र एकताको प्रतीकको रूपमा राजसंस्थासहितको प्रजातन्त्रको पुनःस्थापना र प्रदेश खारेजी सबैको सल्लाह र सहमतिमा गरौँ। यसले कसैको हार हुँदैन। सबैको जित हुन्छ।’

उपनेता तामाङले सरकार आर्थिक गतिविधि चलायमान बनाउन लागि नपरेको आरोप लगाए।

आर्थिक गतिविधि चलायमान बनाउन सरकारले राष्ट्रिय सहमति गर्ने प्रयास नगरेको उनको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .