ad ad

राजनीति


टिकटकका प्रतिनिधिसँग सरकारको छलफल, जथाभावी पोस्ट गर्नेलाई कारबाही

टिकटकका प्रतिनिधिसँग सरकारको छलफल, जथाभावी पोस्ट गर्नेलाई कारबाही

नेपालखबर
कात्तिक १९, २०८० आइतबार २०:४६, काठमाडौँ

सरकार र सामाजिक सञ्जाल टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीच छलफल भएको छ। टिकटक कार्यालय सिंगापुरका प्रतिनिधिसँग गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुुरक्षा निकाय लगायतका प्रतिनिधिहरूबी आइतबार दिउँसो छलफल भएको हो। 

सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतस् हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य बढाउने उद्देश्यले छलफल भएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको भट्टराईले बताए। 

‘अतस् जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानुनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ उनले भनेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .