ad ad

राजनीति


फेरि सर्‍यो का‌ंग्रेस महासमिति बैठक, अब पुस १६ गते बस्ने

फेरि सर्‍यो का‌ंग्रेस महासमिति बैठक, अब पुस १६ गते बस्ने

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १६:८, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।

बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए।

उनले यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आईतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए। उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताए।

उनले भने, ‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३-१५ भन्यौँ। विभिन्न कारणले केही दिन धकेलियो। कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ। तर तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो। अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ।’

नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .