ad ad

राजनीति


देश अझै आर्थिक दबाबमा छ : प्रधानमन्त्री

देश अझै आर्थिक दबाबमा छ : प्रधानमन्त्री

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १९:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि आर्थिक दबाब कायम रहेको उल्लेख गरे।

उनले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताउँदै देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताएउ। 

उनले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको बताए।

‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको सन्दर्भमा देशमा विद्यमान चुनातीहरूलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ। अहिले अर्थतन्त्रका अधिकांश सूचकहरू केही सकारात्मक हुन गएपनि अझैपनि हामी आर्थिक दबाबमा छाँै। यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महशुस गरेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढीरहेको छ।’

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे। उनले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .