ad ad

राजनीति


पोर्चुगलको पहिलो नेपाली राजदूतका लागि शनिल नेपाल सिफारिस

पोर्चुगलको पहिलो नेपाली राजदूतका लागि शनिल नेपाल सिफारिस

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार २१:६, काठमाडौँ

सरकारले पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपाललाई नियुक्तिका लागि सिफारिस गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी नेपाललाई राजदूतका नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। 

यसअघि पोर्चुगलमा नेपाली राजदूतावास थिएन्। सरकारले यसअघि नै त्यहाँ राजदूतावास स्थापना गर्ने निर्णय गरेको भएपनि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि मात्रै सार्वजनिक गरिएको हो।

उनी पोर्चुगलका लागि पहिलो नेपाली राजदूत हुन्। केयर नेपाल लगायत विभिन्न संस्थामा काम गरिसकेको अनुभव नेपालसँग छ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिका अध्यक्ष समेत भइसकेका उनी  नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे पनि जानकार मानिन्छन्।

हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .