राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्पले जर्जर बनेको जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणको नेतृत्व आफ्नो पार्टीलाई दिन सरकारसँग आग्रह गरेको छ।
रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले भूकम्पका पीडितलाई राहत वितरण तथा प्रारम्भिक पुनस्र्थापनाको काम गर्दा पनि दलिय स्वार्थ हावी भएको आरोप लगाएको छ।
बैठकपछि रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राहत वितरणमा पनि निर्लज्ज रुपमा दलीय स्वार्थ हावी भएको छ।’
हेर्नुहोस् रास्वपाको प्रेस विज्ञप्ति
36
Shares
प्रतिक्रिया