प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प पीडितको अवस्थाबारे प्रतिवेदन पेस गर्ने भएको छ।
शनिबार दिउँसो सभामुख घिमिरेलाई र प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन पेस गर्न लागिएको हो।
स्रोतका अनुसार सभामुखसमक्ष दिउँसो साढे १ बजे र प्रधानमन्त्रीसमक्ष साढे २ बजे प्रतिवेदन पेस गर्न कार्यक्रम रहेको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प १५३ जनाले ज्यान गुमाएका छन्। हजारौं घर पूर्ण रुपमा क्षति भएका छन्।
सरकार र विभिन्न संघ संस्थाहरूबाट भूकम्प पीडितका लागि धमाधम राहत वितरणका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
24
Shares
प्रतिक्रिया